वनमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट ३ महिला घाइते

वनमा च्याउ टिप्न जाँदा बाघको आक्रमणबाट ३ महिला घाइते

काठमाडौं : दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन्। 

घाइते हुनेमा तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन्। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो।  

आक्रमणबाट कमलाको दुवै हातमा सामान्य चोट लागेको छ भने सीताको ढाड र पेटमा चोट लागेको छ। सरिताको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। 

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। 

असार २३, २०८१ सोमबार ०९:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।