बागमती सरकार : एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

बागमती सरकार : एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं : केन्द्रमा नयाँ सत्ता गठबन्धन फेरिएसँगै एमालेका मन्त्रीहरूले बागमती प्रदेश सरकारबाट राजीनामा दिने भएका छन्।

माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज बिहान मन्त्रीहरूले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहान १० बजे राजीनामा बुझाउने बताए। 

बागमतीमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ छन्। 

असार २३, २०८१ सोमबार ०९:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।