संघीय संसदका २ समितिको बैठक बस्दै

संघीय संसदका २ समितिको बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्दै छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान ११: ३० बजे बस्ने भएको छ। बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। 

त्यसैगरी, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा नै बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ। 

असार २३, २०८१ सोमबार ०८:४०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।