प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवनमा बस्दैछ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन २०७९–८०’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दाहालले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। 

असार २३, २०८१ सोमबार ०७:५६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।