सेवा अवधि बाँकी रहँदै ७९४ सरकारी कर्मचारीले जागिर छाडे

सेवा अवधि बाँकी रहँदै ७९४ सरकारी कर्मचारीले जागिर छाडे

काठमाडौं : सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामती सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन्।

चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवाअवधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्डमा उल्लेख छ।

किताबखानाका अनुसार राजीनामा गर्नेमा सबैभन्दा बढी कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायतका श्रेणीविहीन कर्मचारी छन्। 

सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानाको रेकर्ड छ।
 
निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।

असार २३, २०८१ सोमबार ०७:४९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।