मौसम : यी प्रदेशमा वर्षाको मात्रा हट्ने सम्भावना

मौसम : यी प्रदेशमा वर्षाको मात्रा हट्ने सम्भावना

काठमाडौं : नेपालमा मनसुनको सक्रियता कम भइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि दक्षिणतिर सर्दै जाने हुँदा वर्षामा कमी आउन सक्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले देशभर सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई  स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो भने सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार केही दिनसम्म कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

असार २३, २०८१ सोमबार ०७:३८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।