कागेश्वरी मनोहरा नगरपालिकामा लक्ष्मी सन्राइजको सेवा विस्तार
काठमाडौँ : लक्ष्मी सन्राइज बैंकले काठमाडौँको कागेश्वरी मनोहरामा शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरेको हो।
स्थानान्तरण गरिएको साबिकको बौद्ध शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको बौद्ध पिपलबोटको शाखा मार्फत सेवा लिन सकिने बैंकले जानकारी दिएको छ।
स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरू प्रदान गर्ने बैंकले जानकारी दिएको छ।हाल लक्ष्मी सन्राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।
असार २२, २०८१ आइतबार २३:५२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।