राधाकृष्ण मन्दिरलाई कृषि विकास बैङ्कको सहयोग
काठमाडौँ : कृषि विकास बैङ्कले नागार्जुनमा रहेको राधाकृष्ण मन्दिरलाई फर्निचर सामाग्री हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैङ्कले १ लाख बराबरको दराज, कुर्ची, टेबल लगायतका फर्निचर दिएको हो।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरि घिमिरेले गरेका थिए। कृषि विकास बैङ्कका उप–महाप्रबन्धक डा. बाबुकाजी थापा प्रमुख अतिथि थिए। थापाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको सहयोग समाज र बैङ्कलाई जोड्ने पुल भएको र यसले विविध अनेकतालाई एकताको प्रतीक रूपमा स्थापित गर्ने र मन्दिर परिसरमा उपस्थित हुने वृद्ध आमा बुबा लगायत भक्तालुजनहरुलाई साहयता पुग्ने बताएका थिए।
कार्यक्रममा अध्यक्ष घिमिरेले कृषि विकास बैङ्कको सहयोगको सराहना गर्दै खुसीका साथ बैङ्कलाई धन्यवाद दिए। कार्यक्रममा कृषि विकास बैङ्कको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दीपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरू लगायतको उपस्थिति थियो।
असार २२, २०८१ आइतबार २३:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।