काठमाडौँको नारायण चौरमा जी मोटर्सको आधुनिक शोरुम खुल्दै
काठमाडौँ : जी मोटर्स प्रालिले काठमाडौँको नक्सालमा स्काइवेलको नयाँ शोरुम खोल्ने भएको छ। एक महिनाभित्र उक्त शोरुम सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
जी मोटर्सले गत वर्षको नाडा अटो शोमा स्वाइवेलका प्रिमियम ईभी एसयूभी आधिकारिक वितरकको रूपमा नेपाल भित्र्याएको थियो। कम्पनीले गएको वैशाखमा स्काइवेल ईभी फाइभ विद्युतीय एसयूभी सार्वजनिक र भक्तपुरको शोरुम सञ्चालनमा ल्याइसकेको छ।
नेपालमै सबैभन्दा धेरै रेन्ज ६ सय २० किमीको दुरी एक पटकको चार्जमा तय गर्ने र १ सय ५० किलोवाट मोटर भएको स्काइवेल ईटी फाइभले ग्राहकलाई सोचेभन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको दाबी छ।
असार २२, २०८१ आइतबार २३:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।