शिक्षण शैली :  शिक्षकको रोजाई महत्त्वपूर्ण कि विद्यार्थीको रुचि ?

शिक्षण शैली :  शिक्षकको रोजाई महत्त्वपूर्ण कि विद्यार्थीको रुचि ?
कलेज चिनौँ : मनास्लु वर्ल्ड कलेज

काठमाडौँ : जसरी हातका सबै औँला समान छैनन् तर उत्तिकै महत्त्व छ त्यसरी नै सबै विद्यार्थीको सिकाइ शैली एकै नहुन सक्छ। पढाउने शैली, कलेजको वातावरण, सबल पक्षको पहिचान र कमजोरीको पहिचान गरी सुधारको अभ्यासले कमजोर भनिएका विद्यार्थी पनि अब्बल हुन सक्छन्।

विद्यार्थीको रुचि र क्षमताको पहिचान गरी उसको मनसम्म पुगेर शिक्षण पद्धति अङ्गाल्ने शिक्षक र शिक्षालय मात्र सफल र प्रभावकारी हुनसक्छ। यही महत्त्वपूर्ण पक्षलाई प्राथमिकता दिँदै आएको देखियो चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजले।

विद्यालय वा शिक्षकले के चाहन्छ हैन विद्यार्थीले के चाहन्छन्, उनीहरूको रुचि र प्रभावकारी शिक्षक पद्धति के हो भन्नेलाई प्राथमिकता दिने गरेकाले हुनसक्छ मध्ये कोभिडमा सन् २०१९ मा स्थापना भएको मनास्लु वर्ल्ड विध्यालयका विद्यार्थीहरूले अहिलेसम्म उत्कृष्ट नतिजा दिइरहेका छन्।

विज्ञान, व्यवस्थापन, कानुन अनि मानविकी विषय पढाउने कलेजका विद्यार्थीहरूले सबै सङ्कायहरूमा उत्कृष्ट नतिजा निकाल्ने गरेको देखियो।

उक्त शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीहरूले चिकित्साशास्त्र, बिए /एलएलबी इन्जिनियरिङ क्षेत्रमा अब्बल करिअर बनाउन सफल भएको कलेजका म्यानेजिङ डिरेक्टर राजन श्रेष्ठ बताउँछन्।

‘एम.वि.विएस, विए.एलएलबी, इन्जिनियरिङ लगायतको क्षेत्रमा हाम्रो कलेजबाट अध्ययन गरेका विद्यार्थीले सहजै नाम निकालेका छन्। विदेशमा अध्ययन गर्न चाहनेहरूका हकमा पनि उत्कृष्ट कलेजहरूमा विद्यार्थी गएका छन्’ उनले भने।

आधुनिक शिक्षण प्रणाली, व्यवस्थित साइन्स ल्याब, कम्प्युटर ल्याब र सुविधा सम्पन्न लाइब्रेरीले गर्दा विद्यार्थीलाई अतिरिक्त अध्ययनमा समेत सहयोग पुग्ने गरेको देखियो। कक्षा ११ मा भर्ना भएका सङ्गीत क्षेत्रमा रुचि भएका विद्यार्थीहरू सहभागी गराएर ब्यान्ड नै तयार भएको छ जसले देशका विभिन्न राष्ट्रिय साङ्गीतिक कार्यक्रमहरूमा सहभागी भइरहेका छन्।

२०५३ सालमा भुवनेश्वरी पब्लिक स्कुलको नाममा स्थापना भएको थियो मनास्लु। तर २०६३ सालमा पुन नाम परिवर्तन गर्यो। २०६३ मा  प्राक्सिस इन्टरनेशनल नामकरण मात्रै गरेन, शैक्षिक क्षेत्रमा आधुनिक शिक्षा पद्धतिलाई समेत पच्छ्यायो।

२०७६ सालको असोजमा मनास्लु टिम अफ आन्टरप्रानर समूह स्थापना भएसँगै प्राक्सिस इन्टरनेशनल स्कुललाई विस्तार गरी मनास्लु वर्ल्ड कलेजमा स्तरोन्नति भयो। सुरुवाती दिनमा १० जना विद्यार्थीबाट सुरु गरेको कलेजमा अहिले १३ सय बढी विद्यार्थी भर्ना भएको म्यानेजिङ डिरेक्टर श्रेष्ठ बताउँछन्।

‘सुरुवाती दिनमा जम्मा १० जना विद्यार्थीबाट सुरु गरेका हौँ। हाम्रो स्कुल पनि भएको र शैक्षिक क्षेत्रमा उल्लेख नतिजा आएकाले छोटो समयमै विद्यार्थीको रोजाइमा पर्न सफल भयौँ‘ उनी भन्छन्।

त्यस्तै, कलेजले चावेल क्षेत्रमा सञ्चालित एस.ई.ई दिएका स्कुलका विद्यार्थीलाई हरेक वर्ष सम्मान गर्ने श्रेष्ठले बताए।

जेहेन्दार र ग्रेड अनुसार छात्रवृत्ति

मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ मा ७२३ र कक्षा १२ मा ५९३ गरी १३ सय १६ विद्यार्थी क्षमता रहेको छ। कलेजले जेहेन्दार र कुनै रुचिमा अब्बल भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ साथै, विद्यार्थीले एसइईमा प्राप्त जिपिएका आधारमा शुल्क तोक्ने व्यवस्था रहेको श्रेष्ठ बताउँछन्। 

‘हामीले विभिन्न प्रतिभा भएको विद्यार्थी जस्तै, खेलकुद सङ्गीत लगायतको प्रतिभा भएका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेका छौँ। त्यस्तै, ती बाहेक एसइईमा प्राप्त ग्रेडको आधारमा समेत छात्रवृत्ति दिने गरेका छौँ। हाम्रो उद्देश्य भनेको कुनै पनि विद्यार्थीले आर्थिक अभावकै कारण पढ्न बाट वञ्चित नहोस् भन्ने उद्देश्य हो।’ उनले भने।

त्यस्तै, यस कलेजमा एसइईको ग्रेड अनुसार छात्रवृत्ति दिने गरिन्छ। ३.२१ देखी ३.६० लाई ४० प्रतिशत, ३.६१ देखी ३.७९ लाई ५०, ३.८० देखी ३.८९ लाई ७५ प्रतिशत र ३.९० देखी ४ जिपिए ल्याउनेलाई पुरा छात्रवृत्तिको व्यवस्था कलेजले गरेको छ।

शिक्षक पेशामै भिजेका व्यवस्थापक

गेन्द्र लामा सोही स्कुलमा अङ्ग्रेजी अध्यापन गराउन आएका थिए। अहिले उनी अध्यक्ष छन्। उनको क्षमताको कारणले स्कुलको प्रधानाध्यापक समेत भए। पछि विभिन्न शैक्षिक संस्था समालिसकेका अनुभवी युवालाई जम्मा पारेर कलेज सञ्चालन गर्ने हुटहुटी जाग्यो।

लामा भन्छन्, ‘अध्यापन गराउने मात्रै युवा भएर हुँदैन, व्यवस्थापनमा समेत युवाको सहभागिता चाहिन्छ भन्ने लाग्यो र पछि केही साथीलाई साथमा राखेर कलेज चलाउने निर्णय गरियो। अहिले आफैले सम्झँदा सपना जस्तो लाग्छ।’

अध्यक्ष गेन्द्र लामा  र म्यानेजिङ डिरेक्टर राजन श्रेष्ठ।त्यस्तै, कलेजलाई कसरी व्यवस्थित र राम्रो शिक्षा दिने भन्ने विषयमा लामाले टिमका अन्य सदस्यहरूसँग सल्लाह लिए। कसरी प्लस टुलाई अन्यभन्दा भिन्नै शैलीमा सुरु गरेर व्यावहारिक बनाउनुपर्छ भन्नेमा सबै तयार भए। र अध्ययन गर्न तिर लागे।

‘नयाँ पुस्ताले खोजेको शिक्षा कस्तो हो? कसरी अगि बढ्दा विद्यार्थीलाई अध्ययनतिर आकर्षित गर्न सकिन्छ भन्ने तिर अध्ययन गर्याै। उनले भने, ‘त्यसको लागि मात्रै हामीले ४,५ वर्ष नै रिसर्च गर्याै। ढिलो नै होस तर कलेजलाई राम्रो बनाउनु पर्छ भन्ने लाग्यो।’ 

भौतिक संरचना र अन्य व्यवस्था

कुनै पनि विद्यार्थीको लागि कलेज भनेको मात्रै पढ्ने थलो होइन। खेल मैदान देखी लिएर कक्षा कोठाको समेत सही व्यवस्थापन भएको खण्डमा विद्यार्थीको पढाइमा थप बल पुग्ने देखिन्छ। सोही अनुरूप मनास्लुले पनि भौतिक संरचनालाई सुधार गर्दै लगेको छ। फराकिलो बास्केटबल खेल मैदान देखी अन्य खेलको लागि समेत संरचना छ।

त्यस्तै, पढ्न आएका विद्यार्थीहरूमा चासो र रुचिको विषय फरक हुन सक्छ। त्यसलाई ध्यानमा राखेर कलेजले पढाई बाहेक विद्यार्थीको लागि खेलकुद क्लब, डान्स क्लब देखी सोसियल वेलफेयरको साथै, व्यक्तित्व विकास, सिप विकास र नेतृत्व विकासलाई थप प्रोत्साहन गर्न नेतृत्व बुथ क्याम्पहरू सञ्चालन गर्दै आइरहेको छ।

बास्केटबल कोर्ट, ल्याब र लाइब्रेरी।त्यति मात्रै नभएर एमबिबिएस, इन्जिनियरिङ तथा विद्यार्थीले भविष्य देखे अनुसारको पेशामा संलग्न गराउन कलेजले विद्यार्थीको लागि आवश्यक शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन गरेर सहयोग पुर्याउछ। त्यस्तै, खेलकुद क्षेत्रमै आफ्नो भविष्य देखेका विद्यार्थीको लागि आवश्यक तालिकाको समेत व्यवस्था कलेजले गरेको छ।

आफ्ना विद्यार्थीहरूको कला कौशल विकासका लागि मिस्टर एन्ड मिस मनास्लु, मनास्लु डान्सिङ स्टार, मनास्लु आइडल र फिल्म मेकिङ कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ। 

यस बाहेक कलेजले जापान, कोरिया जाने विद्यार्थीकाले लागि समेत उक्त देशको भाषा कक्षा चलाउनुको साथै, अङ्ग्रेजी भाषामा कमजोर भएका विद्यार्थीलाई समेत विशेष कक्षा सञ्चालन गरिरहेको देखियो।

मनास्लु वर्ल्ड कलेजमा पढ्न इच्छुकका लागि लिंक

असार २२, २०८१ आइतबार २०:४७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।