बाढी-पहिरोबाट ४८ जनाको मृत्यु, सात जना बेपत्ता

बाढी-पहिरोबाट ४८ जनाको मृत्यु, सात जना बेपत्ता

काठमाडौँ : अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ४८ जनाले ज्यान गुमाएका छन्। जेठ २८ देखि आइतबार दिउँसोसम्म बाढी र पहिरोका कारण ४८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आइतबार सार्वजनिक भएको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा १९, कोशी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १०, बागमती प्रदेशमा २,    मधेस प्रदेशमा २, कर्णाली प्रदेशमा २, काठमाडौँ उपत्यकामा १ जना, र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो।

बाढी र पहिरोमा परेर गण्डकी प्रदेशमा १८, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा ४ जना,बागमती प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २, कर्णाली प्रदेशमा ११, काठमाडौँ उपत्यकामा ३  र सुदूर पश्चिम प्रदेशमा १ सहित ५४ जना घाइते भए। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परेर कोशी प्रदेशमा ३ , बागमती प्रदेशमा २ , गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ गरेर ७ जना बेपत्ता छन्।

बाढीका कारण १ सय २१ घर डुबानमा परेका छन्। ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

बाढी र पहिरोमा परेर १ सय ८८ पशु चौपायाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण १ हजार ५८ घर परिवार विस्थापित भएका छन्। 

असार २२, २०८१ आइतबार १९:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।