१५० कम्पनीको शेयर मूल्य बढ्दा ८२ कम्पनीको घट्यो

१५० कम्पनीको शेयर मूल्य बढ्दा ८२ कम्पनीको  घट्यो

काठमाडौँ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अङ्कले बढ्यो। गठबन्धन बदलिने सहमतिसँगै उकालिन थालेको नेप्से आइतबार २१.२७ अङ्कले बढेर दुई हजार एक सय दशमलव ४० दशमलव ९७ विन्दुमा  पुगेर बजार बन्द भयो।

आइतबार पाँच कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढ्यो। मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च घट्यो। यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घट्यो।

सबैभन्दा बढी एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ।  

नेप्सेमा आइतबार ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भयो। कारोबार भएका कम्पनीमध्ये १५० वटाको बढेको छ भने ८२ वटा कम्पनीको शेयर मूल्य घटेको छ। बाँकी १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।         

 

 

 

 

 

असार २२, २०८१ आइतबार १८:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।