सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रूपैयाँले बढेको हो। 

छापावाल सुन आज प्रतितोला १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो। शुक्रबार भने उक्त सुन १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। 

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। 

शुक्रबार प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ८ सय ९० रूपैयाँ निर्धारण भएको छ।

असार २२, २०८१ आइतबार १२:२७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।