देशभर मनसुनी वर्षा : पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

देशभर मनसुनी वर्षा : पहाडमा पहिरो र तराईमा बाढीको जोखिम

काठमाडौं : हाल देशभर रहेको मनसुनी वायुको प्रभावले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मनसुनी वर्षाका कारण पहाडमा पहिरो र नदी तटीय क्षेत्रहरूमा बाढीको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 

असार २२, २०८१ आइतबार ०७:३४:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।