काठमाडौंमा पहिरोले रेष्टुरेण्ट पुरिँदा एक युवकको ज्यान गयो

काठमाडौंमा पहिरोले रेष्टुरेण्ट पुरिँदा एक युवकको ज्यान गयो

काठमाडौं : काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विश्वकर्मा रहेका छन्। 

पहिरोमा परेर गम्भीर घाइते भएका मनोजको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले मृत्यु भएको जानकारी दिए। 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश स्थान डुबानमा परेका छन्। विभिन्न खोलामा पसेको बाढीका कारण सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।  

असार २१, २०८१ शनिबार २१:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।