बाँध फुटेको हेर्न गएका मेयरको गाडी भासिएपछि...

बाँध फुटेको हेर्न गएका मेयरको गाडी भासिएपछि...

काठमाडौं : बाँध फुटेको खबर पाएपछि अवलोकन गर्न गएका दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरी सवार गाडी खोलामा भासिएको छ। रा १ झ १४६ नम्बरको स्कोर्पियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो।

लमही नगरपालिका-९ तेलियास्थित कच्ची बाँध फुटेको खबर पाएपछि लमही नगरपालिकाका मेयर चौधरीको नेतृत्वमा तेलिया गाउँमा पुगेको थियो।

त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा गाडी भासिएको हो।

गाडीमा यात्रा गरिरहेका सबै कुशल रहेको बताइएको छ।  

असार २१, २०८१ शनिबार २०:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।