ललितपुरमा गुड्दै गरेको टिपर बाढीले बगायो

ललितपुरमा गुड्दै गरेको टिपर बाढीले बगायो

काठमाडौं : ललितपुरमा बाढीले गुड्दै गरेको टिपर बगाएको छ। 

लगातारको वर्षापछि गोदावारी नगरपालिका–१२ ठेचोस्थित नख्खु खोलामा आएको बाढीले टिपर बगाएको प्रहरीले जनाएको छ।

शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो। उक्त टिपर टीकाभैरवतर्फ जाँदै थियो।

टिपरका चालक भने सकुशल छन्। 

बाढीले बगाएर केही तल पुर्याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 

असार २१, २०८१ शनिबार १५:५८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।