दुर्गन्ध पखाल्दै उर्लेका काठमाडौंका नदी (तस्बिरहरू)

दुर्गन्ध पखाल्दै उर्लेका काठमाडौंका नदी (तस्बिरहरू)

काठमाडौं : शुक्रबार बेलुकाबाट परिरहेको पानीका कारण काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव उच्च भएको 

फोहोर र दुर्गन्ध खपिनसक्नु हुने उपत्यकाका नदीमा पानी परेसँगै बहाव ह्वात्तै बढेको हो।

अहिले उत्यकाका बागमती, विष्णुमति, शेषमति, धोबी खोला, हनुमन्ते, मनोहरा लगायतका नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

पशुपतिमा बागमतीको बहाव बढेको छ भने त्यसभन्दा तल पनि   सडक र नालीको पानी मिसिँदा बागमती झनै ठूलो भएको छ। बागमती बढ्दा शंकपार्क डुवानमा पर्न लागेको छ।

उता विष्णुमति नदीको बहाव बढ्दा करिडोरको तहसम्म पानीको सहत बढेको छ। विष्णुमतिको सहायक नदी शेषमतिमा पनि पानीको बहाव उस्तै छ।

यस्तै काठमाडौंको बीच भएर बग्ने धोवि खोलाको अवस्था पनि उस्तै छ। अनामनगर, घट्टेकुलो लगायतका क्षेत्रमा स्थानीयलाई सतर्क रहन भनिएको छ।

गतवर्ष सामान्य पानी पर्दा पनि धोविखोलाले आसपासको क्षेत्र डुबाउने भएता पनि यसपटक रातभरिको ठूलो वर्षाले पनि अहिलेसम्म डुबानको खबर आएको छैन।

बर्खाअघि धोविखोला सरसफाइ गरिएका कारण पनि हुनसक्छ, यो समाचार तयार पार्दासम्म धोविखोल करिडोरको अवस्था अहिलेसम्म सामान्य नै छ।

यस्तै, हनुमन्ते र मनोहरा खोलामा पनि पानीको बहाव विहानैदेखि उच्च छ। त्यस आसपासमा क्षेत्रका केही स्थान डुवानमा परिसकेका छन्।

असार २१, २०८१ शनिबार १४:०५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।