रातिदेखिको वर्षाले गोरखा नगरपालिका परिसरको पर्खाल भत्कियो

रातिदेखिको वर्षाले गोरखा नगरपालिका परिसरको पर्खाल भत्कियो

गोरखा : रातिदेखिको अविरल वर्षाका कारण गोरखा नगरपालिका परिसरको पर्खाल भत्किएको छ।

वर्षाका कारण रातिदेखि पानीले गलेको पर्खाल शनिबार विहान भत्किएको हो।

फिलिङ माटो रातदेखिको वर्षाले दबिएपछि नगरपालिका पसिरसको पर्खाल भत्किएको नगरपालिकाका वातावरण अधिकृत धुर्बप्रसाद घिमिरेले जानकारी दिए।

पर्खाल भत्किँदा गोरखाको सरसफाइ केन्द्र जाने बाटो अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण तत्कल सडक खुलाउने अवस्था नरहेको उनले बताए।

असार २१, २०८१ शनिबार ११:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।