बाढीमा डुबे लुम्बिनी प्रदेशका मन्त्रालयहरू

बाढीमा डुबे लुम्बिनी प्रदेशका मन्त्रालयहरू

बुटवल : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा रहेका मन्त्रालयहरू डुवानमा परेका छन्।

गएरातीदेखि पश्चिम क्षेत्रमा अत्याधिक पानी परिरहेको छ।

सभामुख तुलाराम घर्तीका प्रेस सल्लाहकार रुद्रहरी कुँवरका अनुसार अर्थ, सामाजिक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर डुवानमा परेको छ।

त्यस्तै सिसनीया प्रहरी चौकी र त्यसआसपासका ३० भन्दा बढी घर डुवानमा परेका छन्।

यता दाङको लमही नगरपालिका–७ हस्नापुर स्थित राप्ती नदीको बाढिमा फसेका दुई जनाको सकुशल उद्दार गरिएको छ। एक जना भने बेपत्ता छन्।

राजपुर गाउँपालिका-२ का किसान दुध बिक्रि गर्न लमही आएको र फर्कने क्रममा नदीको बाढिमा फसेका थिए।

तीन जना बाढीमा फसे पनि दुई जनालाई उद्दार गर्न सकिएको र एक जना बेपत्ता भएको सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनगणखोलाका प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले बताए।

उनका अनुसार राजपुर–२ का तुलाराम यादव र दयाराम यादवको उद्दार गरिएको हो। बेपत्ता राजकुमार यादवको खोजी भइरहेको उनले बताए।

असार २१, २०८१ शनिबार १०:५७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।