कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ।

बैठकमा कांग्रेस र एमालेबीच गत सोमबार बनेको सहकार्य सहमति सहकार्यबारे जानकारी गराउने कार्यसूची रहेको बताइएको छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेस र एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ।

असार २१, २०८१ शनिबार ०९:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।