देउखुरीका बस्ती डुबा‍नमा

देउखुरीका बस्ती डुबा‍नमा

देउखुरी : दाङमा गए रातिदेखि परेकाे भारी वर्षापछि आएकाे बाढी बस्तीमा पस्न थालेकाे छ।

लगातार परिरहेको भारी वर्षाका कारण दाङकाे देउखुरीका बस्ती डुबानमा पर्न थालेका हुन्।

राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पस्न थालेकाे छ।

बाढीका कारण उच्च जाेखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ।

सुरक्षा निकायहरुले उच्च जाेखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन्।

असार २१, २०८१ शनिबार ०९:००:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।