स्पेन र फ्रान्स युरोकपको सेमिफाइनलमा

स्पेन र फ्रान्स युरोकपको सेमिफाइनलमा

काठमाडौं : स्पेन र फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २-१ गोल अन्तरले पन्छाउँदै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा दुवै टिमले एक-एक गोल गरेपछि नतिजा निकाल्न अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई २-१ को गोल अन्तरमा जित दिलाए।

५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लेभरकुजनका मिडिफिल्डर फ्लोरियन विर्ट्जले निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतरिक्त समयमा पुर्याएका थिए।

यद्यपि, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए। अतिरिक्त समयमा स्पेनका ड्यानी कार्भाजलले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए। तर, त्यसको फाइदा घरेलु टोलीले लिने अवसर नै पाएन।

यस्तै शुक्रबार अबेर राति भएको दोस्रो क्वाटरफाइनल खेल निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा फ्रान्स ५-३ गोल अन्तरले विजयी भयो।

फ्रान्सका ओस्मन डेम्बेले, युसुफ फोफाना, जुलेस कुन्डे, ब्राड्ली बारकोला र थियो हर्नान्ड सबैले गोल गर्दा पोर्चुगलका लागि क्रिष्टियानो  रोनाल्डो, बनान्डो सिल्भा र नुनो मेन्डेसले गोल गरे।

असार २१, २०८१ शनिबार ०७:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।