वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापा

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापा

काठमाडौँ : सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

बैठकले धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको पनि उनले जानकारी दिइन्। त्यस्तै राष्ट्रिय सहकारी विकास बोर्डको सह अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ।  

असार २०, २०८१ शुक्रबार २१:३४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।