बेलायतको प्रधानमन्त्रीमा किअर नियुक्त, सार्वजनिक सेवा सुधार गर्ने घोषणा

बेलायतको प्रधानमन्त्रीमा किअर नियुक्त, सार्वजनिक सेवा सुधार गर्ने घोषणा

काठमाडौँ : शानदार बहुमत पाएसँगै लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। बेलायतका राजाले शुक्रवार उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

हाउस अफ कमन्समा बहुमतका लागि ३ सय २६ सिट आवश्यक पर्नेमा लेबर पार्टीले ४ सय १२ सिट जितेको थियो। चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेपछि प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै उनले निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिएका थिए। पहिलो सम्बोधनमा उनले सार्वजनिक सेवामा सुधार गर्ने बताएका छन्।

निवर्तमान प्रधानमन्त्री सुनकले राष्ट्रको नाममा सम्बोधन गर्दै बितेका दशकहरूमा पार्टीको सबैभन्दा खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी माग्दै ‘म हारको जिम्मेवारी लिन्छु।‘ भनेका थिए।

सुनकले १४ वर्षको शासनकालमा कन्जर्वेटिभ पार्टीका उपलब्धिबारे बताउँदै बेलायत सन् २०१० को तुलनामा अधिक समृद्ध भएको दाबी गरेका थिए। बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको हो।

असार २०, २०८१ शुक्रबार १८:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।