टिभिएस कल्टको दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न

टिभिएस कल्टको दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न

काठमाडौं : टिभीएस मोटर नेपालको एकमात्र आधिकारिक जगदम्बा मोटर्सले दोस्रो वार्षिकोत्सव यात्रा सम्पन्न गरेको छ।

असार १५ गते टिभीएस शोरूम ब्रदर्स अटो पोइन्ट ज्ञानेश्वरबाट सुरु भएको यात्रा बुढानीलकण्ठको ड्रीम गार्डेन रिसोर्टमा पुगेर सकिएको थियो। यात्रामा ६० जना विविध क्षेत्रबाट आएका राइडरहरूको सहभागिता थियो।

यात्रामा एक मात्र महिला राइडर रोनिशा महर्जन थिइन्। उनले आफ्नो यो यात्रा उत्सवमय भएको भन्दै खुसी व्यक्त गरिन्।

रोपाईं दिवसको अवसरमा भएको यात्राका राइडरहरूलाई बुढानीलकण्ठ-१० चुनिखेलका स्थानीयले रोपाईंका लागि निम्तो  दिएका थिए।

यात्रामा २३ देखि ५५ वर्ष उमेरसम्मका विविध समूहका सहभागीहरू थिए। वर्षाका कारण यात्रा केही चुनौतीपूर्ण पनि भएको थियो।

यो यात्रा अपाचे र रोनीन सवारहरूले अपनाएको संस्कृति, जीवनशैली र यात्रा दृष्टिकोणको प्रमाण थियो, जसले सबै सहभागीहरूमा स्थायी छाप छोडेको कम्पनीको दाबी छ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस ब्रान्डका दुई पाङ्ग्रे सवारी साधन ब्रान्डमा पूर्ण स्थापित छ। यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ राइडर फ्ल्याग शिप मोडेलको रुपमा टिभिएस अपाचे आरटीआर र एनटर्क लोकप्रिय छन्।

असार २०, २०८१ शुक्रबार ११:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।