लेबर पार्टीले जित्यो बेलायतको आम निर्वाचन, केयर स्टारमर प्रधानमन्त्री बन्ने

लेबर पार्टीले जित्यो बेलायतको आम निर्वाचन, केयर स्टारमर प्रधानमन्त्री बन्ने

एजेन्सी : बहुमतका लागि आवश्यक ३२६ सिटको जित पार गरेसँगै बेलायतमा लेबर पार्टीले सरकार बनाउने भएको छ।

जितपछि मध्य लण्डनमा बोल्दै लेबर पार्टीका नेत एवं आगामी प्रधानमन्त्री केयर स्टारमरले अब परिवर्तन गरेको बताए।

‘एकदमै खुसी महसुस गरिरहेको छु,’ उनले भने, ‘तपाईंहरुले देश परिवर्तन गर्नुभयो।’

६५० सिटको हाउस अफ कमन्समा लेबर पार्टीले ३७८ सिट जितिसकेको छ भने ऋषि सुनका नेतृत्वको कन्जरभेटिभ पार्टीले ८८ सिटमा जित हात पारेको बीबीसीले जनाएको छ।

उता लिबरल डेमोक्र्याट्सले ५० सिट जित्दा अन्य साना दलहरू पनि देखिएका छन्।

अझै पनि एक सयभन्दा बढी स्थानको नतिजा आउन बाँकी नै छ। परिणामपछि वर्तमान प्रधानमन्त्री ऋषि सुनकले हार स्वीकार गर्दै माफी मागेका छन्।
 

असार २०, २०८१ शुक्रबार १०:२०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।