इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं : डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको एनआरजी स्टेडियममा आज बिहान भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।

खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दा अर्जेन्टिनाले अग्रता लिएको थियो।

इक्वेडरका केल्भिन रोड्रिगोले खेलको ९१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले चार गोल गर्दा इक्वेडरले मात्र दुई गोल गर्न सक्यो।

अर्जेन्टिनाले सेमिफाइनलमा भेनेजुएला र क्यानडाको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल भोलि बिहान हुनेछ।

असार २०, २०८१ शुक्रबार ०९:३५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।