युरोकपको पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी आमनेसामने हुँदै

युरोकपको पहिलो क्वाटरफाइनलमा स्पेन र जर्मनी आमनेसामने हुँदै

काठमाडौं : जारी युरोकपमा आजदेखि क्वाटरफाइनल चरणका खेलहरू हुँदैछन्। क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि शुरू हुँदैछ।

स्पेनले राउण्ड अफ १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनल पुग्दा जर्मनीले डेनमार्कलाई २-० ले पराजित गर्दै जर्जियासँगको भेट पक्का गरेको हो।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन्। जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ। त्यस्तै ९ खेल बराबरीमा सकिएका छन्।

असार २०, २०८१ शुक्रबार ०८:३६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।