पान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसियाको अनुरोध

पान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसियाको अनुरोध

काठमाडौं : एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (पान) अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले यस्तो आग्रह गरेको हो।

ग्राहकले बैंकको पोर्टल, मोबाइल बैंकिङमा रहेको पान अपडेट विकल्पमा ट्याब गरी पान अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

यसका साथै ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सकिने प्रबन्ध मिलाएको छ।

यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ।

उक्त प्यान अद्यावधिक भएपछि निजहरूको करकट्टीको विवरण सो पानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ।

असार २०, २०८१ शुक्रबार ०७:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।