बेलायतमा लेबर पार्टी ठूलो जिततर्फ अग्रसर

बेलायतमा लेबर पार्टी ठूलो जिततर्फ अग्रसर

एजेन्सी : बेलायतमा लेबर पार्टी ठूलो जिततर्फ अघि बढेको छ।

योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको संघारमा छ। बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ।

योसँगै लेबर पार्टीका नेता केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्नेछन्।

लेबर पार्टीले अहिलेसम्म ११ सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले एक सिटमा मात्र जित हात पारेको छ।

एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट र कन्जरभेटिभ पार्टीले १३१ सिट प्राप्त गर्ने देखिन्छन।

कियर स्टाररले सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिएका छन्। 

सन् २०१० को आम चुनावमा कन्जरभेटिभ पार्टी विजयी हुँदा डेभिड क्यामरुन प्रधानमन्त्री बनेका थिए।

असार २०, २०८१ शुक्रबार ०७:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।