इजरायली सैन्य क्षेत्रमा हिजबुल्लाहको आक्रमण

इजरायली सैन्य क्षेत्रमा हिजबुल्लाहको आक्रमण

एजेन्सी : इरान समर्थित लेबनानको अर्धसैनिक संगठन हिजबुल्लाहले इजरायली सैन्य आधार शिविरमा आक्रमण गरेको छ।

हिजबुल्लाहले बिहीबार २०० भन्दा बढी रकेट र ड्रोनले इजरायली सैन्य आधार शिविरमा आक्रमण गरेको हो।

विगत नौ महिनादेखि हमासविरुद्ध इजरायलको सैन्य कारबाहीका बीच गाजामा तनाव लगातार बढिरहेको छ।

यी आक्रमणहरूको एक दिनअघि, दक्षिणी लेबनानमा इजरायली कारबाहीमा एक वरिष्ठ हेजबुल्लाह कमाण्डर मारिएका थिए।

इजरायलले आफ्नो उत्तरी सीमा क्षेत्रमा कुनै पनि हताहतको नभएको रिपोर्ट गरेको छ। यद्यपि त्यस क्षेत्रका स्थानीयलाई भने सुरक्षित स्थानमा सारिएको छ।

आफूमाथिको आक्रमणपछि इजरायलले छिट्टै दक्षिणी लेबनानमा यी आक्रमणहरूको जवाफ दिएको पनि बताएको छ।

हिजबुल्लाह प्यालेस्टिनी चरमपन्थी समूह हमासको सहयोगी हो। गत वर्ष अक्टोबर ७ मा सुरु भएको गाजा युद्धपछि इजरायल र हिजबुल्लाहले लगभग हरेक दिन सीमापार गोलीबारी गर्दै आएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाक्रममा चिन्ता व्यक्त गर्दै सम्पूर्ण मध्यपूर्व यस युद्धको चपेटामा पर्न सक्ने बताएका छन्।

असार २०, २०८१ शुक्रबार ०७:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।