३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् प्रधानमन्त्री प्रचण्ड

३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधानअनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

उनले भनिन्, ‘सरकारले राजीनामा पनि गर्दैन। ३० दिन पनि काट्दैन। प्रधानमन्त्रीले पनि संवैधानिक कानुनी व्यवस्था अनुरूप संसदमा म विश्वासको मतको सामना गर्छु भन्नुभएको छ। कुन दिन गर्ने भन्ने निर्णय भइसकेको छैन। तर, सकेसम्म विश्वासको मत फेस गछौं। राजीनामा दिने भन्ने छैन।’  

सोमबार कांग्रेस-एमालेबीचमा सरकार बनाउने सहमति भएपछि दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका छन्। तर, प्रचण्डले भने विश्वासको मतको लागि संसद फेस गर्ने गरी तयारी थालेका हुन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई अन्तिमसम्म साथ दिने बताएका छन्। 

असार १९, २०८१ बिहीबार २१:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।