कांग्रेस-एमाले गठबन्धनको प्रभाव प्रदेशतिर सुरू, लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा

कांग्रेस-एमाले गठबन्धनको प्रभाव प्रदेशतिर सुरू, लुम्बिनीमा एमालेका मन्त्रीको सामूहिक राजीनामा

बुटवल : लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन्। 

बिहीबार मुख्यमन्त्री जोखबहादुर महरालाई मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिए।

केन्द्रमा कांग्रेस-एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि लुम्बिनीका मन्त्रीहरू माननीय चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र माननीय अर्जुन केसीले राजीनामा दिएका हुन्। 

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।  

असार १९, २०८१ बिहीबार १९:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।