पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको ज्यान गयो

पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको ज्यान गयो

काठमाडौं : धनुषामा सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। 

धनौजी गाउँपालिका-५ बहुअर्वास्थित घुघाईरका अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुनको बिहीबार दिउँसो मृत्यु भएको हो। 

डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

असार १९, २०८१ बिहीबार १७:१८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।