राजा वीरेन्द्रले 'दाउद इब्राहिमलाई पक्राउ गर्न' काठमाडौँमा चलाएका थिए विशेष अप्रेसन

राजा वीरेन्द्रले 'दाउद इब्राहिमलाई पक्राउ गर्न' काठमाडौँमा चलाएका थिए विशेष अप्रेसन

काठमाडौँ : नेपालमा दाउद इब्राहिम समूहको सदस्य बेलाबखत पक्राउ पर्ने गरे पनि दाउद नेपाल आएको औपचारिक रेकर्ड छैन। नक्कली भारतीय रुपैयाँको कारोबार, नेपालको सीमा प्रयोग गरेर भारत विरोधी हुने गतिविधिमा पाकिस्तानी खुफिया एजेन्सी र दाउद समूह जोडिने गरेका छन्।

नेपालका लागि भारतका पूर्व राजदूत केभी राजनका अनुसार दाउद इब्राहिम समेत नेपाल आएका थिए। उनी गोप्य रूपमा नेपाल आएर नेपालमा रहेको पाकिस्तानी दूतावासका अधिकारीको सम्पर्कमा बसेको त्यसबारे तत्कालीन राजा वीरेन्द्र शाहले त्यसबारे जानकारी दिएको उनले दाबी गरेका छन्।

लल्लनटप विशेष कुराकानीमा उनले दाउद नेपालमा आएर बसेकोबारे राजा वीरेन्द्रले बताउँदै'तत्काल दाउदबारे प्रहरी र इन्टेलिजेन्स एजेन्सीले त्यति धेरै सूचना ल्याउन नसकेको तर दाउद पक्राउ पर्न सक्ने सम्भावना रहेको बताएको उनले दाबी गरेका छन्।

राजा वीरेन्द्रले आफूलाई सेनाका अधिकारी, राजदूतको डिफेन्स अटाइचीसहित सम्पर्कमा बस्न भनेको राजनको दाबी छ। इन्टेलिजेन्सले दाउद इब्राहिम बसेको घरबारे जानकारी आएपछि सबै तयारी गरेर घरमा पुग्दा दाउद भागिसकेको उनले बताएका छन्। राजनले भने' सायद उनलाई पहिल्यै कसैले सूचना दिएछन् क्यार। छापा मार्दा दाउद भेटिएनन्। भागिसकेछन्।'

नेपालबाट भएको भारतीय विमानको अपहरण अनि ऋतिक रोशनकाण्ड नेपाल र भारतको सम्बन्ध बिगार्न पाकिस्तानको योजनामा भएको गतिविधी दाबी गर्दै उनीहरु यसमा पाकिस्तान असफल भएको दाबी गरे। राजा वीरेन्द्रको बंशनाश हुनेगरि भएको दरबार हत्याकाण्डमा कुनै न कुनै रुपमा पाकिस्तानको भूमिका रहेको उनले दाबी गरेका छन्।

असार २०, २०८१ बिहीबार १६:४४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।