प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिदेनौं : घनश्याम

प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिदेनौं : घनश्याम

काठमाडौं : एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्। 

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भुसालले आफूहरू प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए। 

उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।

कांग्रेस-एमाले गठबन्धनको संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने उनको भनाइ छ। 

भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडि बढेको बताए। 

उनले पार्टीको नेतृत्व सर्वसहमतिमा टुंग्याउने प्रयास भइरहेको पनि बताए। 

असार १९, २०८१ बिहीबार १६:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।