अध्यक्षमा माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी, घनश्यामलाई महासचिवमै निरन्तर बनाइँदै

अध्यक्षमा माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने तयारी, घनश्यामलाई महासचिवमै निरन्तर बनाइँदै

काठमाडौं : एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउनेगरी कसरत भइरहेको छ। 
यसअघि अध्यक्षमा दाबी गर्दै आएका आएका महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ। 

भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ। भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरूको दाबी छ।

सम्मानित नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ। 

असार १६ गते उद्घाटन गरिएको १० औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरू भएको हो। 

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। 

असार १९, २०८१ बिहीबार १५:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।