नम्बर अनुसार विषय छान्ने कि रुचि अनुसार ?

नम्बर अनुसार विषय छान्ने कि रुचि अनुसार ?

काठमाडौँ : कुन विषय पढ्ने त्यसको मापन रुचिको आधारमा हैन अंकको आधारमा हुनु नौलो थिएन। उत्कृष्ट अंक ल्याए विज्ञान, मध्यम अंक आए व्यवस्थापन अनि कमजोर अंक आए मानविकी। यस्तै देखिन्थ्यो विषय चयनको आधार।

तर पछिल्लो समयमा अंकको आधारमा हैन रुचिको आधारमा विषय चयनकोक्रम बढिरहेको छ। उच्च अंक पाएका विद्यार्थीहरू पनि पछिल्लो समय व्यवस्थापन र मानविकीको अध्ययनमा रुची राख्न थालेका छन्। व्यवस्थापन अध्ययनमा रुची राख्ने विद्यार्थीको संख्या बढेको देखिन्छ।

एक मात्र क्षेत्रको पढाई, विद्यार्थीको उपलब्धि, कलेजले प्राप्त गरेको पुरस्कार र शिक्षकहरूका आधारमा म्यानेजमेन्ट अध्ययनका लागि उचित कलेजको खोजीमा रहेका विद्यार्थीका लागि  मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट उचित छनौट हुनसक्छ।

यो कलेज गत वर्ष उत्कृष्ट म्यानेजमेन्ट कलेजबाट पुरस्कृत भएको थियो। ग्लोबल कलेज अफ म्यानेजमेन्टका व्यवस्थापन सङ्कायमा केन्द्रित छ। यहाँ अन्य विषयको अध्ययन हुँदैन। यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ। 

कलेजका विशेषता

ग्लोबल २०६२ मा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको थियो। यो साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरू कलेजभन्दा भिन्न छ। यसमा सम्पूर्ण रूपमा म्यानेजमेन्ट विषयको मात्र पढाइ हुन्छ। यो कलेजले अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिने गरेको देखिन्छ। २०८० मा कलेजले ९६ वटा अतिरिक्त कार्यक्रम गरेको थियो।

यहाँ अनुभवी शिक्षकहरू रहेका छन्।  कलेजमा अध्यापनका लागि पहिलो सर्त मास्टर्समा प्रथम श्रेणीमा तोकिएको छ। यहाँका धेरै शिक्षकहरूले सम्बन्धित विषयमा ‘गोल्ड मेडल’ प्राप्त गरेका छन्। ११–१२ कक्षा अध्ययनका लागि आउने विद्यार्थीले शिक्षकको मूल्याङ्कन गर्न पाउने व्यवस्था छ।  ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ६ वटा विषयमा पढाइ हुने गरेको छ। 

शिक्षकले हरेक साताभरमा पढाएको विषयको होमवर्क दिएर परीक्षण गरेर कलेजको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) मा अपलोड गर्नुपर्ने सिस्टम छ। पहिल्यै बनिसकेको भौतिक संरचनामा कलेज सञ्चालन नगरी भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हललगायतका भौतिक संरचनाको निर्माण कलेजकै लागि गरिएको देखिन्छ।

छात्रवृत्तिको व्यवस्था

ग्लोबल कलेज अफ म्यानेजमेन्टले महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रूपमा छात्रवृत्ति दिने गरेको छ। हरेक विद्यार्थीले जिपिएका आधारमा छात्रवृत्ति पाउने गरेको छ। 

इन्ट्रान्स परीक्षाको नम्बर र एसईईको जिपिएलाई आधार बनाएर व्यवस्थापनले छात्रवृत्ति दिने गरेको छ। जिपिए २.८ भन्दा कम जिपिए आएको तर इन्ट्रान्समा उतिर्ण भएमा अध्ययन गर्न पाउने व्यवस्था रहेको देखियो। 

अतिरिक्त क्रियाकलापलाई प्राथमिकता

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेट क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लब छन्। कलेजका ईसीए-सीसीए को–आर्डिनेटर जय गौडेलका अनुसार भोलिका दिनमा नेतृत्वको विकास गर्न, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त बनाउन कार्यक्रम केन्द्रित हुने गरेको छ।

कतिपय ठुलो कार्यक्रमका लागि कलेजले सहयोग गर्ने र कतिपय स्पोन्सरसिपका लागि कलेजले समन्वय गर्ने गरेको छ। सहयोगका लागि प्रोपोजल लेख्ने, मिटिङ गर्ने लगायतका सबै काम विध्यार्थीहरुले नै गर्ने गरेका छन्। कलेजमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, गगन थापाजस्ता नेताहरू बोलाएर विद्यार्थीले कार्यक्रम गरेका छन्। विषयको प्रकृतिअनुसार इन्डस्ट्रीयल क्षेत्रदेखि आइटी पार्क, एक्स्पो, होटेल र ठुला कार्यालय आदिको भ्रमण गर्ने गरेका छन्। कलेजमा खेलकुदका लागि ४ वटा बास्केटबल कोर्ट र फुटसलस्थल छ। 

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आवेदन दिन क्लिक गर्नुस्।

असार १९, २०८१ बिहीबार १५:३४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।