'अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ'

'अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ'

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको बताएकी छन्। 

शंकरदेव क्याम्पसको स्ववियुले आयोजना गरेको त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको १६ औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै राणाले नयाँ पुस्तालाई स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्नुपर्ने बताइन्। 

उनले भनिन्, ‘अहिलेको नयाँ पुस्तालाई देशभित्रै कसरी टिकाउने भन्ने ठुलो चुनौती छ। हामी सबै मिलेर यस्ता चुनौतीहरूको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्छ।’ 

बिहीबार प्रतियोगिताको सानो गौचरण खेल मैदानमा हुने उद्घाटन खेलमा आयोजक शंकरदेव क्याम्पसले केसीएमआईटी कलेजविरुद्ध खेल्दैछ।  

असार १९, २०८१ बिहीबार १५:११:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।