गगन थापालाई प्रश्न : ०८४ सम्म प्रतिपक्षमै बस्ने भन्नुहुन्थ्यो नि?

गगन थापालाई प्रश्न : ०८४ सम्म प्रतिपक्षमै बस्ने भन्नुहुन्थ्यो नि?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान जोगाउने जिम्मेवारी सबै दलको भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता, समानुपातिक व्यवस्था, धार्मिक, आर्थिक, सांस्कृतिक स्वतन्त्रता र नेपालको विविधतालाई सबै कुरालाई थप सुदृढ हुने गरी संविधानको पुनरावलोकन गर्नुपर्ने कांग्रेसको प्रस्ताव रहेको बताएका छन्। 

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दुई दलले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने बताए। 

उनले भने, 'कांग्रेस र एमालेको संख्याले मात्रै संविधान संशोधन गर्न पुग्दैछ। सबैलाई साथमा लिएर संविधान संशोधन गर्ने हो।'

दुई ठूला दल मिल्दैगर्दा देश एकतन्त्रीय शासनमा जानसक्ने चिन्ता भइरहेको बेला उनले त्यो चिन्ता रहनु स्वभाविक भएको बताए। 

२०८४ सम्म कांग्रेस प्रतिपक्षमै बस्छ भन्नु हुन्थ्यो? भन्ने पत्रकारको प्रश्नमा महामन्त्री थापाले व्यक्तिगत इच्छाविपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताए। 

'मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो। यो सरकार बन्ने या नबने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,' उनले भने।  

असार १९, २०८१ बिहीबार १४:१३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।