१६ वर्षीया किशोरीलाई चन्द्रागिरीमा १२ दिनदेखि बन्धक बनाएर जबरजस्ती करणी

१६ वर्षीया किशोरीलाई चन्द्रागिरीमा १२ दिनदेखि बन्धक बनाएर जबरजस्ती करणी

काठमाडौं : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ।

प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाके बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

असार १९, २०८१ बिहीबार १२:५५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।