गुल्मी दरबार पालिकाका ३४ जना अविवाहितले पाए निर्वाह भत्ता

गुल्मी दरबार पालिकाका ३४ जना अविवाहितले पाए निर्वाह भत्ता

गुल्मी : जिल्लाको गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ।

पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपैयाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिए।

निर्वाह भत्ता प्राप्त गर्नेमा महिला १६ र पुरुष १८ जना छन्। सोही कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिने नीति तथा कार्यक्रम रहेको उनको भनाइ छ।

पालिका अध्यक्ष सरोजकुमार थापाले अविवाहित महिला पुरुषलाई एकल भएको अनुभूति हुन नदिन यस्तो कार्यक्रम ल्याइएको जानकारी दिए।

असार १९, २०८१ बिहीबार १०:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।