क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, एक दर्जन अजेण्डामा छलफल हुने

क्यानको केन्द्रीय कार्यसमिति बैठक बस्दै, एक दर्जन अजेण्डामा छलफल हुने

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे काठमाडौंको एक होटेलमा बस्ने गरी तय भएको छ।

बैठकमा नेपाली क्रिकेट टिमले वेस्टइन्डिज र अमेरिकामा आयोजना भएको आईसीसी टी२० विश्वकपमा गरेको प्रदर्शनको समीक्षा, विश्वकपको तयारी खर्च अनुमोदन लगायत झण्डै एक दर्जन बढी अजेन्डाहरूका बारेमा छलफल हुनेछ।

यसैगरी, पहिलो संस्करण आयोजना गरेर विवादित बनेको नेपाल प्रिमियर लिग ‘एनपीएल’को दोस्रो संस्करण आयोजना, टियु मैदानमा रहेको जिम हल विस्तार र पिचको माटो भण्डारण क्षेत्रको विषय पनि छलफलको अजेण्डामा छ।

त्यसैगरी मूलपानी मैदानको क्युरेटिङ कन्सलटेन्ट नियुक्ति, राष्ट्रिय छनोट समितिको सुविधा, महिलाको टी-२० एसिया कपको सहभागिताका साथै कर्मचारीहरूको प्रशासनिक नियमावली पनि पारित गर्ने विषय पनि आजका अजेन्डामा छन्।

असार १९, २०८१ बिहीबार ०९:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।