उपप्रधानमन्त्री लामिछानेसहित रास्वपाका दुई उप-सभापतिले प्रधानमन्त्रीलाई भेट्दै

उपप्रधानमन्त्री लामिछानेसहित रास्वपाका दुई उप-सभापतिले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहितका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन्।

अहिले केहीबेरमा सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित दुई उपसभापतिहरू स्वर्णिम वाग्ले र श्रममन्त्री समेत रहेका डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग भेट गर्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले उकेरालाई जानकारी दिए।

उनका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम र राजीनामा दिने वा नदिने भन्ने विषयमा पनि छलफल हुनेछ। उनले रास्वपाका मन्त्रीहरूले विहानै राजीनामा दिने कुरा नभएको समेत बताए।

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उप-प्रधानमन्त्री तथा गृहमन्त्री, उप-सभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

सरकारमा सहभागी अर्को दल एमालेले बुधबार साँझ प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिइसकेका छन्। सो क्रममा प्रधानमन्त्रीले फत्तेमानको ‘यस्तो पनि हुँदो रैछ जीन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ बोलको गीत सम्झिएका थिए।

असार १९, २०८१ बिहीबार ०८:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।