कांग्रेस-एमाले गठबन्धन बन्दा पनि खुसी छैनन् शशांक, देश एकतन्त्रीय शासनतर्फ जानसक्ने चिन्ता

कांग्रेस-एमाले गठबन्धन बन्दा पनि खुसी छैनन् शशांक, देश एकतन्त्रीय शासनतर्फ जानसक्ने चिन्ता

काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुने बताएका छन्। 

सुनसरीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रको सुन्दरता भनेकै बलियो प्रतिपक्ष भएको बताउँदै कांग्रेस-एमाले गठबन्धनले  मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने डर भएको बताए। 

उनले भने, ‘सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने प्रतिपक्ष भएपछि लोकतन्त्र कसरी बलियो हुन्छ? प्रतिपक्षलाई बलियो बनाउन सक्नुपर्छ। प्रतिपक्ष बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ।’

उनले गृहमन्त्री रवि लामिछाने सत्ताबाट बाहिरिन पर्ने भएपछि जथाभावी बोल्न थालेको बताए। 

‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ लामिछानेजीलाई नि यस्तै भएको छ,’ उनले भने। 

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले कांग्रेस र एमाले संविधान शंसोधन लगायतका विषयमा मिलेर काम गर्नुपर्ने भएपनि सत्ता सहकार्य भने गर्न नहुने यसले लोकतन्त्र खतरामा पर्नसक्ने बताउँदै आएका छन्।  

असार १८, २०८१ बुधबार २०:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।