घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टरलाई थुनामा पठाउने आदेश

घरमा काम गर्न राखेकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका इन्स्पेक्टरलाई थुनामा पठाउने आदेश

काठमाडौं : बलात्कार मुद्दामा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 

उनीमाथि आफ्नै घरमा काम गर्न राखेकी १४ वर्षीय बालिका बलात्कारको आरोप छ। 

२४ जेठमा पक्राउ परेका उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत थिए।

असार १८, २०८१ बुधबार १९:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।