पहिला पनि कांग्रेसलाई समर्थन गरेको भन्दै कांग्रेस-एमाले गठबन्धनलाई सघाउने लोसपाको निर्णय

पहिला पनि कांग्रेसलाई समर्थन गरेको भन्दै कांग्रेस-एमाले गठबन्धनलाई सघाउने लोसपाको निर्णय

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस-एमाले गठबन्धनको समर्थन गरेको छ। 

बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए। 

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिएका थिए।
     
सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताए।

तर, सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा भने लोसपाले अहिले नै निर्णय गरिसकेको छैन।  

असार १८, २०८१ बुधबार १९:२३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।