कांग्रेस-एमाले गठबन्धनलाई जनमतको शर्त : हामीलाई मधेशमा साथ दिनुस्, केन्द्रमा सहयोग गर्छौं

कांग्रेस-एमाले गठबन्धनलाई जनमतको शर्त : हामीलाई मधेशमा साथ दिनुस्, केन्द्रमा सहयोग गर्छौं

काठमाडौं : जनमत पार्टीले कांग्रेस-एमाले गठबन्धनलाई आफूहरूले साथ दिनको लागि मधेश प्रदेश सरकारमा सहयोग गर्नुपर्ने शर्त अघि बढाएको छ। 

मधेशवादी दलहरू जनमत, जसपा नेपाल, लोसपा लगायतले एमाले-कांग्रेस गठबन्धनलाई साथ दिने एकखाले मोटामोटी सहमति भइसकेको चर्चाका बीच जनमतले भने नयाँ शर्त राखेको हो। 

पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले जनमत पार्टीको प्राथमिकता मधेश सरकार भएकाले सोहीअनुरूप जाने हो भने मात्र एमाले-कांग्रेस गठबन्धनलाई केन्द्रमा सहयोग गर्ने बताए। 

'हाम्रो प्राथमिकता मधेश प्रदेश हो। हामीलाई मधेश सरकारमा सहयोग गर्छ भने हामी केन्द्रमा कांग्रेस-एमाले गठबन्धनलाई सहयोग गर्छौं,' उनले भने।

लामो समयसम्म जसपासहितका पुराना दलले मधेसलाई बन्धक बनाएको बताउँदै उनले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने बताए।

मधेशमा जनमत पार्टीबाट सतिशकुमार सिंह मुख्यमन्त्री छन्।  

असार १८, २०८१ बुधबार १८:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।