ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था

ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था

काठमाडौं : द ब्रिटिस कलेज (टीबीसी) पोजेटिभ इम्प्याक्ट रेटिङ (पीआईआर) प्राप्त गर्ने नेपालको पहिलो कलेज बनेको छ। ‘पीआईआर २०२४ लेभल ३ः प्रगतिशिल शैक्षिक संस्था’मा सूचीकृत हुँदै कलेजले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।

कलेजले प्रदान गर्दै आएको सेवा सुविधामा स्थिरता, निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्त्वको काम तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारण विश्वव्यापी मान्यता प्राप्त मूल्यांकन गर्ने संस्था पीआईआरले टीबीसीको नाम सूचीकृत गरेको बताइएको छ।

पीआईआरले संस्थाको स्थिरता, नीति तथा नियमहरूका साथै संस्थाले समाजप्रति निर्वाह गर्दै आएको भूमिकाका बारेमा मूल्यांकन गर्दै आएको छ। 

ब्रिटिस कलेजको सस्टेनेबिलिटी युनिटले शिक्षामा स्थिरता, अनुसन्धानात्मक कार्यक्रम, साझेदार मार्फत समग्र शैक्षिक वातावरण सिर्जना गरेको छ। कलेजले आफ्नो पाठ्यक्रममा दिगो विकास लक्ष्य (एसडीजी) एकीकृत गर्न, नवाचारलाई प्रोत्साहित गर्न र जलवायु शिक्षा अघि बढाउन धेरै पहलहरू कार्यान्वयन गर्दै आएको छ। 

यो उपलब्धिबारे ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले भने, ‘पीआईआर रेटिङ मूल्यांकन सर्वेक्षणबाट ब्रिटिस कलेजले पाएको उपलब्धि महत्वपूर्ण छ। यस रेटिङले ब्रिटिस कलेजको शिक्षा कस्तो छ भन्ने थप प्रस्ट पारेको छ।’ 

असार १९, २०८१ बुधबार १७:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।